मादी–मस्र्याङ्दी करिडोर निर्माण कार्य पुनः सुरू

काठमाडौं । मादी–मर्स्याङ्दी करिडोरअन्तर्गत सिस्नेरी, बिर्ता, टुहुरेपसल, रम्घा हुँदै मान्टेहटिया जोड्ने सडक निर्माण कार्य रोकिएको ६ महिनापछि पुनः सुरू गरिएको छ ।
सडक डिभिजन कार्यालय दमौलीका अनुसार निर्माण कार्य अलपत्र बनाई सम्पर्कविहीन रहेका ‘कन्ट्याक्टर’ लाई सम्पर्कमा ल्याई निर्माण कार्य अघि बढाएको हो । बिर्तादेखि मान्टेहटियासम्म साढे सात किलोमिटर सडक कालोपत्रेका लागि केएस बेवीरमण तेज जेभीले २४ करोड ५५ लाख ९ हजार ५४८ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।
उक्त निर्माण कम्पनीले २०८१ असार ३० मा सम्पन्न गर्नेगरी २०७९ असार १६ मा सम्झौता गरेको सडक डिभिजन दमौलीका इन्जिनियर एवं सूचना अधिकारी राजेन्द्र कार्कीले जानकारी दिए । उक्त करिडोरमा हालसम्म ३५ प्रतिशत भौतिक प्रगति भएको छ ।
सम्पर्कमा आई तुरून्त काम गर्नु नत्र ठेक्का तोड्नेसम्मको पत्राचार गरेपछि ‘कन्ट्याक्टर’ले बिर्ता सडकखण्डबाट कालोपत्रे कार्य अघि बढाइएको छ ।
‘टायल सेक्सन’ गर्दा नबसेपछि कलेस्ती-गजौड सडकखण्डमा अहिले कालोपत्रे कार्य रोकिएको छ,’ कार्कीले भने, ‘अहिले टुहुरेपसल क्षेत्रमा संरचनाको कार्य भइरहेको छ ।’
मौसमले साथ नदिएकाले चैत महिना लागेपछि मात्रै कलेस्ती-गजौड सडकखण्डमा कालोपत्रे कार्य अघि बढाइने सडक डिभिजन दमौलीले जनाएको छ । उक्त करिडोरअन्तर्गत व्यास नगरपालिकाको बैरेनी, कलेस्ती गजौडे बिर्ता हुँदै भानु नगरपालिकाको १०, ११, १२ र १३ लगायतका वडा जोडिने छ ।
निर्माण कम्पनीको लापर्वाहीका कारण अहिले निर्माण सम्पन्न गर्नुपर्ने समयमा अधुरै रहँदा आमनागरिकले समस्या भोग्नुपरेको भानु नगरपालिकाका नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए ।
सुगुरेभञ्ज्याङ क्षेत्रमा बनको समस्याका कारण रोकिएको छ भने सुगुरे भञ्ज्याङदेखि यता थानीमाई मन्दिर जाने मार्ग जोड्ने र मान्केहटियासम्मको बीच भागमा पुल निर्माण गरेपनि निर्माण सम्पन्न नहुँदा सास्ती खेप्नुपरेको उनले बताए ।
मादी-मस्र्याङ्दी करिडोरअन्तर्गत पाँचसयफाँट-टुहुरेपसल खण्डका विभिन्न खोलामा निर्माणाधीन कल्र्भटमा प्रयोग गरिएको फलमका रडमा खिया लागेर नोक्सान भएकोप्रति स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् ।










मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छ : मन्त्री श्रेष्ठ
Election: 76 days to go: Legal amendment to ensure population-based inclusive representation
रवि लामिछानेलाई रिहा गर्ने निर्णय स्वागतयोग्य छ : बाबुराम भट्टराई
शुक्लाफाँटाका कुखुरा फार्ममा ‘फाउल पोक्स’को सङ्क्रमण
यस्तो छ आजका लागि कृषिउपजको मूल्य
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया