सशस्त्र प्रहरीद्वारा पर्साबाट डेढलाख बढिकाे क्याप्सुल लागूऔषध बरामद

पर्सा । पर्सा जिल्लाको वीरगंज महानगरपालिका–३ स्थित प्रगतिगरको एक किराना पसलबाट सशस्त्र प्रहरी बलले डेढ लाख भन्दा बढि क्याप्सुल लागूऔषध बरामद गरेको छ ।
प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट सशस्त्र प्रहरी नायव उपरीक्षक सुरज रिजालको कमाण्डमा खटिएको नं.१३ गण पर्सा, बिओपी सिर्सिया र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोही ठाउँ बस्ने राजाराम महतो कोइरीले संचालन गरेको सृष्टी किराना जेनरल स्टोरमा विशेष सूचनाको आधारमा शनिवार राती खानतलासी गरेको थियो । सो क्रममा ५ वटा कार्टुनमा अबैध रुपले भण्डारण गरी राखिएको १ लाख ५१ हजार ८ सय ६० क्याप्सुल ट्रमाडोल हाइड्रोक्लोराईड नामक लागूऔषध बरामद भएको हो ।
स्टोर संचालक कोइरीलाई समेत वीरगंज भन्सार कार्यालय अगाडीबाट सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएका कोइरीलाई बरामद लागूऔषधसहित आवश्यक कारवाहीको लागि सम्बन्धित निकायमा बुझाइएको छ ।









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया