पूर्वी युक्रेनका थप २ गाउँ कब्जामा लिएको रूसको दाबी

मस्को। रूसले आइतबार पूर्वी युक्रेनका थप दुई गाउँ कब्जामा लिएको जनाएको छ ।
रक्षा मन्त्रालयले टेलिग्राममार्फत् जारी एक विज्ञप्तिमा भनिएको छ, “रूसी सेनाले उत्तरपूर्वी खार्किभ क्षेत्रको लोजोभा र युक्रेनको सोन्त्सिभका भनिने क्रास्नोय गाउँलाई ‘मुक्त’ गरेको छ ।
क्रास्नोय कुराखोभको संसाधन क्षेत्रको नजिकमा रहेको छ । रूसले लगभग खार्किभको सवै भागलाई घेरेको छ र यो सम्पूर्ण डोनेट्स्क क्षेत्र कब्जा गर्ने मस्कोको प्रयासको लागि प्रमुख उपलब्धि हुनेछ ।
आगामी जनवरीमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प सत्तामा आउनुअघि नै रुसले पूर्वी युक्रेनमा आफ्नो प्रगति तीव्र बनाएको छ ।
रिपब्लिकन पार्टीले युद्धविराम वा शान्ति सम्झौताका लागि कुनै ठोस शर्त प्रस्ताव नगरी करिब तीन वर्षदेखि जारी द्वन्द्वको शीघ्र अन्त्य गर्ने वाचा गरेको छ ।
मस्कोको सेनाले यस वर्ष १९० भन्दा बढी युक्रेनी बस्तीहरू कब्जा गरेको दाबी गरेको छ । किएभले जनशक्ति र गोलाबारुदको अभावबीच आफ्नो गुमेको भूभाग फिर्ता लिने कठिन यात्राको सामना गरिरहेको छ ।
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया