आइतबार, वैशाख १३, २०८३

रवि लामिछानेको सांसद पद स्वत: निलम्बनमा पर्ने

मेरोन्यूज २०८१ पुष ७ गते १७:०७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ ।

Advertisement
NiccNicc

सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएकाे हाे । सम्पत्ति शुद्धीकरण ऐन २०६४ को दफा २७ अनुसार मुद्दा दर्तापछि पद स्वतः निलम्बन हुने व्यवस्था छ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा लामिछानेसहित ३१ जना विरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण अभियोगमा मुद्दा दायर गरिसकेको छ ।

गत कात्तिक २ गते पक्राउ परेका लामिछानेविरूद्ध आइतबार अदालतमा मुद्दा दर्ता भएको हो।

प्रतिक्रिया