एनपीएलको फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जना पक्राउ
मेरोन्यूज
२०८१ पुष ८ गते १४:२६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सट्टेबाजी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तरप्रदेश आग्रा सिकान्द्रा पन्चायत घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४७ वर्षीय हरिस जावा र ३८ वर्षीय ऋषि मातन रहेका छन् ।
उनीहरूले काठमाडौं टोखा नगरपालिका-३ स्थित ग्रान्डी टावरको नेप्चुन अपार्टमेन्टको फ्ल्याटमा नेपाल प्रिमियर लिगको फाइनल खेलमा सट्टेबाजी गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई मोबाइल ५ थान, ल्यापटप १ थान र सिमकार्ड ८ थान सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित









पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट जडान कार्य अघि बढाउछौँः मन्त्री घिसिङ
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
नागरिकलाई अधिकार दिँदा सरकार कमजोर हुँदैन : अर्थमन्त्री खनाल
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक
झापाबाट महामन्त्री विश्वप्रकाशसहित ६६ जनाको नाम सिफारिस
आज मंसिर २७ गते शनिवारको राशिफल, तपाइकाे दिन शुभ रहाेस्
प्रतिक्रिया