नेट सेट गो ! “फोनपे बिल्सबाट इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट

काठमाडौं । फोनपेले आफ्नो अभियान ‘नेट सेट गो१’ सार्वजनिक गर्दै इन्टरनेट बिल भुक्तानी गर्दा १ वर्षको निःशुल्क इन्टरनेट जित्ने अवसर प्रदान गरेको छ। यस अभियानको उद्देश्य ग्राहकहरूलाई डिजिटल भुक्तानी प्रणालीमा प्रोत्साहन दिनु हो। ग्राहकहरूले मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नु पर्नेछ।
यस अभियानको अवधि पुष २९, २०८१ सम्म हुनेछ। लक्की ड्र मार्फत विजेताहरूको चयन गरिनेछ, र ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्। यस अभियानले ग्राहकहरूको भुक्तानी प्रक्रिया सरल र आकर्षक बनाउन र डिजिटल भुक्तानीको महत्त्वलाई प्रोत्साहित गर्नको लागि आयोजना गरिएको हो।
अभियानको विवरण:
- अभियानको नाम:‘नेट सेट गो!
- अभियान अवधि: २०८१काे पुष २९सम्म
- योग्यता: मोबाइल बैंकिङ एपको फोनपे बिल्सबाट कम्तिमा ३ महिना इन्टरनेट बिल भुक्तानी गर्नुहोस्।
- पुरस्कार: ५ भाग्यशाली विजेताले १ वर्षको निःशुल्क इन्टरनेट प्राप्त गर्नेछन्।
कसरी सहभागी हुने?
फोनपेको ‘‘नेट सेट गो!’ अभियानले तपाईंको इन्टरनेट बिल भुक्तानीलाई रोमाञ्चक अवसरमा परिणत गर्दछ । सहभागी हुनका लागि यी सरल चरणहरू पालना गर्नुहोस् ।
मोबाइल बैङ्किङ एप खोल्नुहोस् : फोनपे सम्बन्धित आफ्नो मोबाइल बैङ्किङ एप खोल्नुहोस्।
फोनपे बिल्स चयन गर्नुहोस् : एपमा “भुक्तानी” वा “बिल भुक्तानी” सेक्सनमा जानुहोस् र फोनपे बिल्स ट्याबमा क्लिक गर्नुहोस्।
इन्टरनेट बिल चयन गर्नुहोस्: “इन्टरनेट” ट्याबमा क्लिक गरी उपलब्ध इन्टरनेट सेवा प्रदायकको सूचीबाट उपयुक्त प्रदायक चयन गर्नुहोस्।
बिल विवरण प्रविष्ट गर्नुहोस् : आफ्नो खाता र बिलको सही विवरण लेख्नुहोस्।
३ महिना वा थप भुक्तानी अवधिको चयन गर्नुहोस् : लक्की ड्रा मा सहभागी हुनका लागि अभियान अवधिमा कम्तिमा ३ महिना इन्टरनेट बिल फोनपे बिल्स मार्फत तिर्नुहोस्।
भुक्तानी पुष्टि गर्नुहोस् : सबै विवरण जाँचेर भुक्तानीको पुष्टि गर्नुहोस्।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया