अमेरिकामा कारले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु

अमेरिकी शहर न्यु अर्लिन्सको एक लोकप्रिय पर्यटकीय क्षेत्रमा एउटा सवारी साधनले भीडलाई ठक्कर दिँदा कम्तीमा १० जनाको मृत्यु भएको र ३० जना घाइते भएको शहर प्रशासनले बुधबार जानकारी दिएको छ ।
“८औँ डिस्ट्रिक्टले हाल क्यानल र बर्बन स्ट्रिटमा एउटा ठूलो भीडमाथि सवारी साधनले ठक्कर दिएको एक सामूहिक हताहत घटनामा काम गरिरहेको छ । ३० जना बिरामी घाइते छन् … र १० जनाको मृत्यु भएको छ”, न्यु अर्लिन्स आपत्कालीन तयारी कार्यक्रम, एनओएलए रेडीले एक विज्ञप्तिमा भनेको छ ।
आपत्कालीन अधिकारीहरूले घटनाको समय उल्लेख गरेनन् तर फ्रेन्च क्वार्टर भनिने त्यो क्षेत्रमा नयाँ वर्षको उत्सव मनाउने मानिसहरूको घुइँचो हुने गर्दछ ।
अमेरिकी सञ्चार माध्यम सिबिएस न्युजले प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै एउटा ट्रकले ‘उच्च गतिमा’ भीडलाई ठक्कर दिएपछि त्यसको चालक बाहिर हाम फालेर हतियार चलाउन थालेको र प्रहरीले पनि जवाफी फायर गरेको जनाएको छ ।













घट्यो पेट्रोलियम पदार्थको मूल्य
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रेस स्वतन्त्रता हननका घटनामा वृद्धिः नेपाल पत्रकार महासङ्घ
नयाँ वर्षको पूर्वसन्ध्यामा बुधबार विश्वले २०२५ लाई दिँदैछ बिदाइ
सरकारलाई सुशासनको जग बसाल्ने र निर्वाचन गर्ने कार्यादेश छ : प्रधानमन्त्री कार्की
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
कुलमान घिसिङ रास्वपाको उपसभापति, रास्वपाको महामन्त्री उज्यालोबाटै बनाइने
प्रतिक्रिया