‘दिलमायाको चिया दोकान’ गीत युट्युब च्यानलबाट सार्वजनिक

काठमाडौँ । वरिष्ठ साहित्यकार टङ्क भट्टराईको शब्दमा रहेको ‘दिलमायाको चिया दोकान’ बोलको गीत भावसागर युट्युब च्यानलबाट सार्वजनिक भएको छ । संगीतकार राजनराज सिवाकोटीको संगीत, गायिका मिलन नेवार र वरिष्ठ ईन्जिनियर वीरेन्द्र श्रेष्ठको स्वरमा सजिएको गीतलाई ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड तथा किशोर थापाले मिक्स/माष्टर गरेका छन् ।
ताप्लेजुङको फुङलिङ बजारमाअवस्थित यो ‘चिया दोकान’को लोकप्रियता यसको स्वाद र यो गीतसँग जोडिएको छ ।
गीतको भिडियोमा नव कलाकारहरू नवीन भट्टराई, मारियम सिवा, निर्मला लावुङ (मिरा), दिनेश लिङ्खिम लगायतले अभिनय गरेका छन्। गीतको कोरियोग्राफी हिमा बराउली (बि बोइङ डान्स सेन्टर) ले गरेकि छिन । क्यामेरामा भुपेन्द्र योङ्हाङ र फुङ्सो जबेगु, मेकप आर्टिस्ट शान्ति ब्युटी पार्लर फुङलिङ बजार रहेका छन्। भिडियोको निर्देशन मिलन बिश्वकर्माले गरेका छन भने प्रोडक्सनको पूर्ण जिम्मेवारी पाथीभरा कृयशन हाउस प्रा.लि.का हर्कराज गुरुङले गरेका छन् । बदलिँदो समाजलाई हाम्रो मौलिक परिचय ‘चिया दोकान’ ले परिभाषित गर्ने हेतु ताप्लेजुङमा सहायक प्रमुख जिल्ला अधिकारी समेत रहेका साहित्यकार भट्टराईले जुराउनु भएको नाम ‘दिलमायाको चिया दोकान’ले नेपाली मौलिकता र राजनीति विश्लेषण गर्ने थलोको रूपमा परिभाषित छन् ।
अडियो भिडियोको निर्माणमा प्रजिन हाङबाङ, युवराज गिरी, लोकेश लिवाङ, काजी गुरुङ, हर्क राज पालुङ्वा, डम्बर लङ्वा, युवराज घोर्साईं, राजेन्द्र पन्त, सुनिल रेग्मी, आशिष केदेम, करण गौतम, रमला लिम्बु, सुरेन्द्र कार्की/मनिसा भट्टराई – कालिज कटेज, दिनेश लिङ्खिम, लेखक प्रशान्त, छेतेन शेर्पाखगेन्द्र अधिकारी, एलिना दियाली,सन्तोष पुर्कुटी, सेविका (दिलमाया)लगायतको सहभागिता रहेको छ ।










दश हिमाल, सूर्योदय र सूर्यास्त नियाल्न नगरकोटमा पर्यटक
निजी क्षेत्रको सुरक्षा प्रत्याभूति सरकारले गर्छः अर्थमन्त्री खनाल
मक्काबाट मदिना जाँदै गरेकाे बस डिजेलको ट्याङ्करसँग ठोक्किँदा ४२ भारतीयको मृत्यु
यी हुन् सबैभन्दा बढी कर तिर्ने करदाता
प्रहरीको आग्रह : एनपीएलको पहिलो दिनको टिकट बिक्री भइसक्यो, बाहिर भीड नगरौँ
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
भण्डारीले गरे नेपाली समाज टेक्सासको अध्यक्षमा उमेदवारी घोषणा
प्रतिक्रिया