५ लाखको जुत्ता लगाउँछन् कमेडियन कृष्णा

काठमाडौं। केही समयअघि अभिनेता गोविन्दा र कमेडियन कृष्णा अभिषेक नेटफ्लिक्सको द ग्रेट इन्डियन कपिल शोमा सँगै देखा परेका थिए । यस क्रममा दुवैले डान्स पनि गरेका थिए ।
यसैबीच अर्चना पूरन सिंहले यो एपिसोडको भिडियो क्लिप सेयर गरेकी छिन्। भिडियोमा कृष्णाले मामा गोविन्दासँग स्क्रिन सेयर गरेकोमा खुशी व्यक्त गर्दै आफ्नो ७ वर्षको वनवास सकिएको बताएका छन् ।
कृष्णाले आफूले ५ लाख मूल्यको जुत्ता लगाएको पनि खुलासा गरेका छन् ।
अर्चनाले सेयर गरेको भिडियोमा कृष्णले भनेका छन्-‘यस्तो मिलाप भयो, मज्जा आयो। यो राम्रो पलमा एक थियो। हामी साथ थियौं। आज पनि उनले एक्टको बीचमा मेरो क्लास लिनुभयो। उहाँले मलाई धेरै कुरा गर्ने मौका दिनु भएन। तर म भन्न चाहन्छु कि मैले उहाँको धेरै कुरा चोरेको छु। उहाँलाई यस बारेमा थाहै छैन। मसँग उहाँको कपडाको एक कलेक्सन छ। जुन उहाँले आफ्नो गीतमा लगाउनु भएको थियो,’
मामा गोविन्दाले कहिलेकाहीँ आफ्नो लुगा दिने तर नदिएपछि आफुले चोर्ने गरेको कृष्णले बताए ।










कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन सञ्चारमन्त्रीको निर्देशन
बलिउडमा ‘नक्कली चमक’ विवाद : हेरफेर गरिएका समीक्षा र फुलाइएका अङ्कले विश्वसनीयता सङ्कट
कांग्रेसका युवा नेताहरुद्वारा ‘कांग्रेस सुधार अभियान’
पूर्व प्रधानमन्त्री शेख हसिनाको मृत्युदण्ड र बङ्गलादेशको राजनीतिक भविष्य
म्यानमारमा ठगीमा परेका ३७ नेपाली स्वदेश फर्काइए
मृत्युदण्डको सजायपछि शेख हसिनाले के भनिन् ?
जिपी कोइराला फाउन्डेशन अमेरीका च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्डको सजाय
आज २०८२ साल मंसिर १ गते सोमबारको राशिफल
प्रतिक्रिया