बुलेट प्रुफ बनाइयो सलमान खानको बाल्कोनी र झ्याल

मुम्बइ। सलमान खानको घरमा बुलेट प्रुफ पर्खाल बनाइएको छ ।
गत वर्ष अप्रिलमा मुम्बईमा सलमानको ग्यालेक्सी अपार्टमेन्टमा लरेन्स गिरोहसँग सम्बद्ध बदमाशहरूले गोली चलाए पछि उनको सुरक्षा चिन्ता बढीरहेको बेला यो कार्य गरिएको हो ।
सो घटना पछि सलमानको घरमा सुरक्षा बढाइएको थियो । सोही क्रममा अहिले उनीहरुको बालकनी र झ्याल बुलेट प्रुफ बनाइएको हो ।
सलमानको ग्यालेक्सी अपार्टमेन्टमा केही समयदेखि पुनर्निमार्णको काम चलिरहेको थियो । अहिले अपार्टमेन्टको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनको बालकनी र झ्यालमा बुलेट प्रुफ गिलास देखिएका छन् ।
एनडीटीभीका अनुसार सलमानको सुरक्षा प्रणाली उच्च प्रविधियुक्त बनाइएको हो । घर वरिपरि उच्च रिजोल्युसनका सीसीटीभी क्यामेरा पनि जडान गरिएको छ ।
सलमान खान ग्यालेक्सी अपार्टमेन्टको भुईं फ्लोरमा १ बीएचकेमा बस्छन् भने उनका आमाबुवा यस अपार्टमेन्टको पहिलो तल्लामा बस्दै आएका छन् ।
८ महिनाअघि गत अप्रिल १४ मा बिहान ५ बजे सलमान खानको ग्यालेक्सी अपार्टमेन्टमा ७.६ बोरको बन्दुकबाट ४ राउण्ड फायर भएको थियो । गोली चलाउने घरबाहिर राखिएको सिसिटिभी क्यामेरामा कैदसमेत भएका थिए । गोलीबारी सोही पर्खालमा भएको थियो, जहाँबाट केही टाढा सलमानको बालकनी छ, जहाँ उनी आफ्ना फ्यानहरूलाई भेट्न आउने गर्छन्।













समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
दाङमा बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
रुरुधाममा पाँच दिनसम्म माघे सङ्क्रान्ति मेला चल्ने
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
प्रतिक्रिया