रूसी वायु सेनाले प्रयोग गर्ने तेल डिपोमा आक्रमण

किएभ । युक्रेनले रूस–युक्रेन साझा सीमाबाट सयौं किलोमिटर टाढा रूसीे वायु सेनालाई सेवा प्रदान गर्ने रूसी तेल डिपोमा आफ्नो सेनाले आक्रमण गरेको बुधबार जनाएको छ ।
क्रेमलिनले युक्रेनमाथि आक्रमण सुरु गरेको करिब तीन वर्षपछि मस्को र किएभले ऊर्जा र सैन्य केन्द्रहरूलाई लक्षित गरी सीमापार आक्रमण गरेको शृङ्खलाको यो पछिल्लो आक्रमण हो ।
“युक्रेनी सेनाले सारातोभ क्षेत्रमा रहेको एंगेल्सस्थित रूसी तेल डिपोमा आक्रमण गरेको छ,” युक्रेनी जनरल स्टाफले सामाजिक सञ्जालमा जारी गरेको विज्ञप्तिमा भनिएको छ।
“यो तेल डिपोले एङ्गेल्स–२ सैन्य हवाई क्षेत्रलाई इन्धन प्रदान गरेको छ, जहाँ रूसी शत्रुको रणनीतिक उड्डयन रहेको छ,” विज्ञप्तिमा भनिएको छ ।
रूसी अधिकारीहरूले यसअघिको वक्तव्यमा युक्रेनले मानवरहित हवाई वाहनले उक्त क्षेत्रमा आक्रमण गरेको स्वीकारेका थिए ।
युक्रेनको रक्षा मन्त्रालयले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले सारातोभ क्षेत्रमा ११ सहित ३२ वटा युक्रेनी ड्रोनलाई खसालेको जनाएको छ ।
यस क्षेत्रका गभर्नर रोमन बुसार्गिनले युक्रेनी ड्रोन आक्रमणपछि आगलागी भएको स्थानमा आपतकालीन टोली पठाइएको जानकारी दिए । आक्रमणमा कोही पनि घाइते नभएको बुसार्गिनले बताए ।
किएभले युक्रेनमा लडिरहेका रूसी सेनालाई आर्थिक सहयोग गर्न प्रयोग हुने रुसी ऊर्जा राजस्वमा कमी ल्याउने प्रयासको एक हिस्सा तेल प्रशोधन केन्द्रमा यसअघिका आक्रमणहरू भएको दाबी गरेको छ ।
















कञ्चनपुरमा ट्याक्टरको ठक्करबाट दुई जनाको मृत्यु, एक घाइते
गर्मीमा खानै हुन्न यी खानेकुरा
आशा जगाउने बजेट ल्याइन्छ : अर्थमन्त्री वाग्ले
Government decides to recommend President again for issuing ordinance related to Constitutional Council
होर्मुज जलडमरूमध्यमा अवरोधबीच तेल सङ्कटले एशिया–प्रशान्त क्षेत्रमा ठूलो प्रभाव : जापान
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
प्रतिक्रिया