२५ दिनमा ८२२ जना फरार प्रतिवादी पक्राउ

काठमाडौँ। फरार प्रतिवादी पक्राउका लागि विशेष अभियान सञ्चालन गरेको काठमाडौँ प्रहरीले २५ दिनमा ८ सय २२ जना फरार प्रतिवादी पक्राउ गरेको छ। यो सङ्ख्या बिहीबारसम्मको हो।
काठमाडौँ प्रहरीले विभिन्न स्थानबाट एक सय २२ फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि आज अदालत पेस गरेको प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।
काठमाडौँ प्रहरीले गत साउनमा एक सय २९, भदौमा तीन सय ९९, असोजमा एक सय ८४, कात्तिकमा एक सय तीन र मङ्सिरमा दुई सय आठ फरार प्रतिवादी पक्राउ गरी कारागार चलान गरिसकेको छ।
साउनदेखि यही पुस २५ गतेसम्म एक हजार आठ सय ४५ फरार प्रतिवादी पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए।
अदालतले विभिन्न कसुरमा उनीहरूविरुद्ध रु चार करोड ८२ लाख ३६ हजार पाँच सय ८५ जरिवाना र एक सय ४३ वर्ष आठ महिना २६ दिन कैद फैसला गरेको छ। अदालतको फैसलालगत्तै उनीहरू फरार रहेका थिए।










देउवा र शेखर कोइरालाबीच भेट, के भयो कुराकानी ?
बिलबिजक नभएको सामानसहित एक जना पक्राउ
भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’ आयोजना हुने
एनपीएल फाइनल : लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
प्रतिक्रिया