मिथिलाञ्चलमा तिला सङ्क्रान्तिको रौनक

जलेश्वर (महोत्तरी) । मिथिलाञ्चल क्षेत्रमा तिला सङ्क्रान्ति (माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ । मिथिलाञ्चलमा धुमधामसँग मनाइने यो पर्वको चहलपहल अहिले यहाँका गाउँ बस्तीमा सुरु भइसकेको जलेश्वर नगरपालिका-५ का संस्कृतिविद् ध्रुव राउतले बताए।
यस पर्वमा मिथिलाञ्चलमा चिउरा, भुजा र तिलमा सक्खर हालेर बनाइएको लड्डु खाने चलन छ । साथै खिचडी र दही, चिउराको भोजन गर्ने चलन पनि रहेको जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पूजारी उपेन्द्र पाठकले बताए । पर्व सुरु हुनुभन्दा अघि नै घरघरमा तिल, चिउरा र भुजा ल्याएर लड्डु बनाउने चलन रहेको जलेश्वर–८ की रेणु मण्डल बताउछन् ।
यहाँका महिलाका समूहले एकले अर्कोलाई सहयोग गर्दै टोलभरिकै घरमा गएर चिउरा, भुजा र तिलमा सक्खर हालेर लड्डु बनाउने भएकाले पर्वको रौनक अहिले मिथिलाको गाउँगाउँमा देख्न सकिने जलेश्वर-११ की कञ्चन बिच्छाले बताए।
















बालबालिकामा पोषण अवस्था लेखाजोखा गर्न पाखुरा नाप्ने अभियान सुरु
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
लिग–२ : ओमानविरुद्ध टस हारेर पहिला फिल्डिङ गर्दै नेपाल
अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
मनोहराका सुकुम्बासी बस्ती भत्काउने काम जारी (तस्बिरहरु)
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
प्रतिक्रिया