बिहीबार, फागुन १, २०८१

चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

मेरोन्यूज २०८१ माघ १ गते १६:४९

काठमाडौँ । चितवनको माडीमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

Advertisement

मृत्यु हुनेमा माडी नगरपालिका-३ का करिब ५६ वर्षीय छविलाल बोटे रहेको चितवन प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार चितवन राष्ट्रिय निकुञ्जसँगै रहेको रिउ खोलाको काँसघारीमा मंगलबार दिउँसो भैँसी चराउन गएका बोटेको गैँडाको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको छ ।

घटनाबारे जानकारी पाउने बित्तिकै इलाका प्रहरी कार्यालय माडीको टोली घटनास्थलतर्फ गएको थियो।

प्रतिक्रिया