बुधबार, फागुन ७, २०८१

भक्तपुरमा पाँच दिपङ्कर बुद्धको नगर परिक्रमासहित सम्यक दान

मेरोन्यूज २०८१ माघ १ गते २१:५२

काठमाडौं । भक्तपुर नगरपालिका–१ स्थित जयकीर्ति महाविहार ९ययुबही० परिसर भूइख्यमा बौद्ध परम्पराअनुसार आज दिनभर बौद्ध धमावलम्बीले सम्यक दान पर्व मनाएका छन् । 

Advertisement
IMEnabil

बौद्ध धर्मावलम्बीले ३५० वर्षअघि अर्थात् नेपाल सम्बत् ७८७ भन्दा अघिदेखि प्रत्येक वर्ष १ माघमा मनाउँदै आएको दानमध्येको महादान ‘सम्यक दान पर्व’ आज भव्यरुपमा मनाइएको हो । सम्यक महादान व्यवस्थापन सहयोग समितिले आयोजना गरेको सो पर्वमा पाँच दिपकङ्कर बुद्धका मूर्तिलाई आ–आफ्नो महाविहारबाट विधिपूर्वक निकालेर दत्तात्रय, सुकुलढोका, दरबारस्क्वायर, दूधपाटी हुँदै जयकीर्ति बिहार पु¥याइएको थियो । पाँच दिपङ्करलाई स्थानीय थथुवहिमा विराजमान गराइ बुद्ध ज्ञान प्राप्त शाक्य र बज्राचार्यका करिब दुई हजार भिक्षुलाई प्रसाद, चामललगायत परिकार दान दिएर पर्व मनाइएको समितिका अध्यक्ष गणेश बज्राचार्यले जानकारी दिए । 

समितिले आजै पर्वका अवसरमा सोही स्थानमा आयोजना गरेको कार्यक्रममा ‘ख्वपया सम्यक महादान’ पुस्तक भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सार्वजनिक गरे । कार्यक्रममा नगर प्रमुख प्रजापतिले ऐतिहासिक एवं धार्मिक महत्व बोकेको यो पर्वको संरक्षण गर्नुपर्ने बताए ।

प्रतिक्रिया