वारागुङ र देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध

म्याग्दी। मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् ।
दामोदरकुण्डबाटस सुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हँुदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशूलीसँग मिसिएर नारायणी बनेको छ । दुईवटा स्थानीय तहले धार्मिक भगिनी सम्बन्ध कायम गरेका हुन् । असल अभ्यास आदानप्रदानका साथै मुक्तिनाथ, कागबेनी र देवघाटको धार्मिक सम्बन्धलाई थप मजबुद बनाउन भगिनी सम्बन्धले मद्दत गर्ने वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन नामग्याल गुरुङले बताए।
कृषि, पर्यटन, सुशासन, पूर्वाधार विकासका क्षेत्रमा भएका असल अभ्यास आदान र अध्ययन अवलोकनका लागि देवघाट पुगेका वारागुङ मुक्तिक्षेत्र र देवघाटका जनप्रतिनिधिबीच धार्मिक भगिनी सम्बन्धको प्रस्तावपत्रमा हस्ताक्षर गरी आदानप्रदान गरिएको छ । प्रस्तावनापत्रमा देवघाटका अध्यक्ष तिलबहादुर थापा, उपाध्यक्ष भुवनसिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गोविन्द पौडेल र वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिन नामग्याल गुरुङ, उपाध्यक्ष दिकी गुरुङ र प्रमुख प्रशासकीय अधिकृत युवराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ ।













आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु
बुद्ध एयर जहाज दुर्घटना अपडेट : सहचालक सहित सात यात्रु सामान्य घाइते
विदेशी मुद्राको विनिमयदर: अमेरिकी डलरको भाउ निरन्तर उकालो
पुस १९ गते शनिबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
रास्वपाले समानुपातिक उम्मेदवारको बन्दसूची सच्याउने
प्रतिक्रिया