बलिउड अभिनेता सैफ अली खानमाथि चक्कु प्रहार
मेरोन्यूज
२०८१ माघ ३ गते १२:१८

काठमाडाैँ । बलिउड अभिनेता सैफ अली खानमाथि बुधबार मध्यरातमा घातक हमला भएको छ ।
मध्यरातमा मुम्बईको बान्द्रास्थित उनको घरमा एक चोरले चक्कु प्रहार गरेका हुन् ।
हिन्दुस्तान टाइम्सका अनुसार राति करिब २ः३० बजे एक आक्रमणकारी खान र उनकी श्रीमती करिना कपुरको बान्द्राको घरमा प्रवेश गरेका थिए । यो समयमा खान परिवारसँगै घरमा थिए। त्यसपछि ती व्यक्ति र खानबीच झडप भएको थियो । यस क्रममा खान घाइते भएका हुन् ।
घटनालगत्तै उनलाई लीलावती अस्पताल लगिएको थियो । त्यहाँ उनको शल्यक्रिया गरियाे। खानलाई ६ ठाउँमा चोट लागेको छ, जसमध्ये दुई गहिरो घाउ छन् ।
आक्रमणकारी घटनास्थलबाट भागेको र खोजी भइरहेको बान्द्रा प्रहरीले जनाएको छ ।
सम्बन्धित














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
प्रतिक्रिया