शाहरूखको घरमा पनि पस्न खाेजेका थिए अज्ञात व्यक्ति, सैफमाथि आक्रमण गर्ने तिनै भएकाे आशंका
मेरोन्यूज
२०८१ माघ ४ गते १८:५०

मुम्बई। बलिउड अभिनेता सैफ अलि खानपछि अर्का सेलिब्रेटीको घरमा सदिंग्ध ब्यक्ति पसेको घटना सार्वजनिक भएको छ ।
केही दिनअघि अभिनेता शाहरुख खानको घरमा पनि एक अज्ञात व्यक्ति पस्ने प्रयास गरेकाे घटना बाहिरिएकाे हाे ।
जानकारी अनुसार २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत बंगलामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, पर्खाल चढ्दा पनि जालका कारण उनी बंगलाभित्र पस्न भने सकेनन् । शाहरुखको घरमा प्रवेश गर्नुको कारण भने खुल्न अझै सकेको छैन ।
सैफ अली खानमाथि आक्रमण गर्ने र शाहरुख खानको घरमा प्रवेश गर्ने व्यक्ति एउटै हुन सक्ने प्रहरीको आशंका छ । अहिले मुम्बइ प्रहरीले दुबै घटना जोडेर अनुसन्धान सुरू गरेको छ ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया