बुटवल–गोरुसिंगे सडक निर्माणमा पूर्वगृहमन्त्री खाणको चासो

बुटवल। पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणलेले बुटवल–गोरुसिंगे सडक निर्माण प्रक्रियालाई सहज बनाउन आग्रह गरेका छन् । खाणले सडक समयमै निर्माण सम्पन्न गर्न र निर्माणको अवधिमा पनि सर्वसाधारणलाई समेत समस्या नहुने प्रक्रिया अवलम्बन गर्न आग्रह गरे ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका अधिकारीहरुलाई शुक्रबार भेटेर सडक पूर्वाधार निर्माणमा हुने गतिरोधले अर्थतन्त्रलाई पनि प्रभाव पार्ने र स्थानीयलाई पनि समस्या हुने भएकाले समयमै सम्पन्न गर्नेगरी काम अगाडि बढाउन खाणले आग्रह गरेका हुन् ।
उनले सडक विस्तारमा कति रुख कटान गर्नुपर्छ ? ढुङ्गा गिटी कहाँबाट ल्याउने ? सबैकुराको पहिलै यकिन गरेर काम सुरु गर्न आग्रह आयोजनाका कर्मचारीहरूलाई आग्रह गरे । सडक निर्माणका बेलामा यातायात आवागमनमा बाधा नपर्नेगरी काम गर्न पनि सुझाव दिए ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका लेखा अधिकृत तथा सूचना अधिकारी राजेन्द्रप्रसाद आचार्यले २०८१ कात्तिक ४ देखि तीन वर्षमा सम्पन्न गर्नेगरी गत असारमा निर्माण व्यवसायीसँग सम्झौता भएको र सडक क्षेत्रमा पर्ने रुख कटानका लागि कटान आदेश अन्तिम चरणमा रहेको जानकारी दिए । उनले सवारी अवागमनमा असर नपर्ने गरी पहिले सडकको क्षेत्राधिकार क्लियर गर्ने र कुल ५० किलोमिटरमध्ये २५, २५ किलोमिटर दुई भागमा विभाजन गरी काम हुने जानकारी गराए ।
बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक योजना कार्यालयका इञ्जिनियर जिगेशप्रसाद चौधरीले आयोजनाको कुल लम्बाई ५० किलोमिटर रहेको जानकारी दिए । जसमा शहरी क्षेत्रमा फूटपाथ तथा नालीसहित ५० मिटर, ग्रामीण क्षेत्रमा ३७ मिटर र बन क्षेत्रमा २४ मिटर चौडाइ सडक निर्माण गरिनेछ ।
त्यस्तै पूर्वगृहमन्त्री खाँणले बुटवल उपमहानगरपालिकामा पर्ने तिनाउ नदीमा बाढीले भत्काएको नदिको तटबन्धन र बेडबारको स्थलगत अवलोकन गरेका छन् । आफू सिँचाइमन्त्री भएका बेला कटान रोक्न तिनाउको दुबैतर्फ तटबन्धन गर्नुको साथै नदीको गहिराइ नियन्त्रणका लागि बेडबार निर्माण गरिएको थियो । त्यसपछि वर्षेनी वर्षामा आएको बाढीले कतिपय ठाउँमा तटबन्धन तथा बेडबार भत्काइदिएको छ ।
















रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु
२४ घण्टामा ट्राफिक प्रहरीद्वारा दुई हजार ७४६ जना कारबाहीमा
Possibility of rainfall in most urban areas
नेपालगन्ज विमानस्थलमा आजदेखि निःशुल्क ट्रलीबस सेवा सुरु
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता सशक्तिकरण तथा सम्मान कार्यक्रम सम्पन्न
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया