गायिका मेलिना राईले गरिन् बिहे
मेरोन्यूज
२०८१ माघ ४ गते १८:२१

काठमाडौं । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिएकी छन् ।
मेलिनाले प्रेमी ध्रुव गुरुङसँग शुक्रबार लगनगाँठो कसेकी हुन् । केही समयदेखिको प्रेम सम्बन्धलाई यी दुईले विवाहमा परिणत गरेका हुन् ।
काठमाडौंको गोकणेश्वरस्थित हिमाली घर रिसोर्टमा उनीहरूको विवाह समारोह आयोजना गरिएको थियो । मेलिना र ध्रुवले बुधबार मात्रै इन्गेजमेन्ट गरेका थिए ।
ध्रुवको घर इलाममा रहेको र उनी बेलायती सेनामा कार्यरत गोर्खा सैनिक रहेको जनाइएको छ ।
मेलिनाले गाएका दर्जनौं गीत सुपरहिट छन् ।
सम्बन्धित










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया