डिभोर्सको हल्लाबीच एलिनाले ल्याइन् ‘एक्लै पनि जिन्दगी चल्दो रहेछ’

काठमाडाैं । गायिका एलिना चौहानले नयाँ गीत सार्वजनिक गरेकी छन्।
उनले बिहीबार आफ्नै युट्युब च्यानलमार्फत ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ बोलको गीत सार्वजनिक गरेकी हुन्। गीतको भिडियोमा पनि उनी देखिएकी छन् ।
यतिबेला श्रीमान विष्णु सापकोटासँग एलिनाको सम्बन्ध बिग्रेको चर्चा छ । यहीबीच उनले ‘एक्लैपनि जिन्दगी चल्दो रहेछ’ गित ल्याएपछि डिभोर्सको हल्लालाई थप बल पुगेको छ।
रोशन सिंहको शब्द तथा संगीत रहेको गीतमा विशाल निरौलाको संगीत संयोजन छ। महेश महराले छायांकन गरेको गीतको भिडिओलाई लक्ष्मण चौहानले सम्पादन गरेका छन्। गीतलाई विक्रम चौहानले निर्देशन गरेका हुन्।
करिब १ वर्षअघि अस्ट्रेलिया बस्दै आएका विष्णुसँग एलिनाकाे विवाह भएको थियो । केही समयको प्रेमपछि उनीहरु विवाह बन्धनमा बाँधिकएका थिए ।
विवाहपछि एलिना पनि अस्ट्रेलिया गएकी थिइन्। तर छोटो समयमै नेपाल फर्किइन् र यहाँबाट फिर्ता गएकी छैनन् ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया