सुटिङको क्रममा सेटको छत खस्दा अभिनेता अर्जुन कपुर गम्भिर घाइते
मेरोन्यूज
२०८१ माघ ५ गते १७:१५

मुम्बइ। सैफ अली खानको स्वास्थ्यलाई पछि बलिउडमा अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ ।
बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ । फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङमा थिए ।
एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा अर्जुन कपुर बाहेक निर्देशक मुदस्सर अजिज सहित ६ जना घाइते भएको जनाइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङ चलिरहेको थियो । समाचारका अनुसार फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको थियो ।
सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन् । यस दुर्घटनामा अर्जुन कपुर, ज्याकी भगनानी र निर्देशक मुदस्सर अजिज घाइते भएका छन् ।
सम्बन्धित










यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया