सुटिङको क्रममा सेटको छत खस्दा अभिनेता अर्जुन कपुर गम्भिर घाइते
मेरोन्यूज
२०८१ माघ ५ गते १७:१५

मुम्बइ। सैफ अली खानको स्वास्थ्यलाई पछि बलिउडमा अर्को स्तब्ध पार्ने खबर बाहिर आएको छ ।
बलिउडका चर्चित अभिनेता अर्जुन कपुरको सुटिङको क्रममा ठूलो दुर्घटना भएको छ । फिल्मको सेटबाट प्राप्त जानकारी अनुसार अभिनेता ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङमा थिए ।
एक्कासी सेटको छत खसेर दुर्घटना भएको हो । यस दुर्घटनामा अर्जुन कपुर बाहेक निर्देशक मुदस्सर अजिज सहित ६ जना घाइते भएको जनाइएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार रोयल पाम्सको इम्पेरियल प्यालेसमा फिल्म ‘मेरे हसब्यान्ड की बीवी’ को सुटिङ चलिरहेको थियो । समाचारका अनुसार फिल्मको गीतको छायांकन भइरहेका बेला अचानक सेटको छाना खसेको थियो ।
सेटमा अर्जुन कपुरसँगै फिल्मकी अभिनेत्री पनि थिइन् । यस दुर्घटनामा अर्जुन कपुर, ज्याकी भगनानी र निर्देशक मुदस्सर अजिज घाइते भएका छन् ।
सम्बन्धित
















जेनजी आन्दोलनका घाइतेसँग गृहमन्त्री गुरुङ
श्रम कानुन उल्लङ्घन गर्ने दुई प्रतिष्ठानको खाता रोक्का
सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी
सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुँदै
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया