दुश्मन हेरेको हेरै…

काठमाडौँ । अहिलेका उम्दा गायक एवं अभिनेता प्रकाश सपुत र दुर्गेश थापाले गत मगंलबार एक अर्काका गीत फेसबुकमा साझा गरे। पहिले सपुतले दुर्गेश थापाको गीत ‘दुश्मन हेरेको हेरै…’ गीतलाई फेसबुकमा राखे र ठट्यौली शैलीमा लेखे, ‘दाइ बाटो नछोड्ने?’ त्यतिञ्जेल थापाको उक्त गीत युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा थियो।
सपुतको फेसबुक पोस्ट आएको केही छिनमा थापाले पनि सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ लाई आफ्नो फेसबुकमा साझा गरे। सपुतको प्रशंसा गर्दै थापाले फेसबुकमा लेखेका थिए, ‘हामी सबै कलाकार एउटै परिवारको दाजुभाइ हौँ, मिलेर अगाडि बढ्ने हाम्रो संस्कार हो, भाइलाई सफलताको अग्रिम शुभकामना।’ थापाले यसो लेखिरहँदा सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ युट्युब ट्रेन्डिङको दोस्रो स्थानमा थियो।सपुत र थापाले जसरी एक अर्काप्रतिको शुभेच्छा र सम्मान भाव दर्शाए आखिर भयो पनि त्यस्तै। सपुतको गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा उक्लियो। थापाको गीतले केही दिन युट्युब ट्रेन्टिङको शीर्षस्थान कायम रहँदै मनग्य दर्शक/स्रोत मन जित्न सफल रह्यो। अहिले दोस्रो स्थानमा रहेको उक्त गीतले ६१ लाखभन्दा बढी ‘भ्यूज’ बटुलिसकेको छ। अहिले युट्युब ट्रेन्टिङको पहिलो स्थानमा रहेको सपुतको गीत ‘साँझ पर्यो झमक्क…’ ले हालसम्म २८ लाख बढी ‘भ्यूज’ पाएको छ।
चलचित्र निर्देशकसमेत रहेका सपुतद्वारा निर्देशित पहिलो चलचित्र ‘वसन्त’ मा समावेश उक्त गीतमा सपुत र गायिका शान्तिश्री परियारको स्वर छ। चलचित्र ‘वसन्त’ आगामी चैत २२ गतेदेखि प्रदर्शनमा आउँदैछ। रोधीको संस्कृतिमा आधारित उक्त गीतले गाउँले परिवेशको झल्को दिन्छ। गीतको शब्द र सङ्गीत रचना पनि सपुत आफैँले गरेका हुन्। चलचित्र ‘वसन्त’ मा उनी आफैँ मुख्य पात्रका रूपमा देखिँदै छन्।
थापाको गीत ‘दुश्मन हेरेको हेरै…’मा उनीसहित गायक आनन्द कार्की, गायिका समीक्षा अधिकारी र एलिना चौहानको स्वर सुन्न सकिन्छ। थापाले आफ्नै शब्द र सङ्गीतमा उक्त गीत तयार पारेका हुन्। गीतको म्युजिक भिडियोमा थापासहित कलाकार प्रियङ्का कार्की, कविता नेपाली, पेमा लामालगायतका अभिनय रहेको छ। उनको गीत दुई साताअघि र सपुतको गीत एक साताअघि युट्युबमा सार्वजनिक भएको थियो। दुवैले आफ्नै नामको युट्युब च्यानलबाट गीत सार्वजनिक गरेका हुन्।
बागलुङको धम्जामा जन्मिएका सपुत र गलकोटमा जन्मिएका थापा साङ्गीतिक क्षेत्रमा अलग्गै पहिचान बनाउन सफल भएका छन्। बहुप्रतिभाशाली कलाकार सपुतका ‘गलबन्दी’, ‘बोलमाया’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराज’, ‘बदला बरिलै’, ‘कुरा बुझ्नुपर्छ’लगायत गीत चर्चित छन्। सामाजिक मुद्दालाई सृजनामा मुखरित गर्न पारङ्गत उनी गीतमा कथानकको प्रयोग गर्न सक्ने स्रष्टाका हिसाबले पनि चिनिन्छन्।
बिसं २०६९ मा ‘मुसुमुस नहाँस मायाले’ बोलको लोकदोहोरी गीतबाट साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका सपुत अहिलेका सर्वाधिक सफल कलाकारका रूपमा चिनिन्छन्। मौलिक गीत ‘गलबन्दी’ बाट चर्चाको उचाइमा पुगेका उनका गीतका म्युजिक भिडियोले युट्युबमा करोडौँ ‘भ्यूज’ बटुल्न सफल भएका छन्।
सयौँ गीतमा अभिनय र स्वर दिएका थापाका ‘हामी पनि नाच्नु पर्छ बीचबीचमा…’ लगायत गीत चर्चित छन्। थापाले पछिल्लो समय चलचित्रका गीतमा पनि स्वर तथा संगीत दिएका छन्। पहिलो पटक दीपक/दीपाको चलचित्र ‘छ माया छपक्कै..’ मा प्रोमोशनल गीत गाएका थापाले गत कात्तिकमा प्रदर्शन भएको चलचित्र ‘ह्रस्व दीर्घ’मा गाएको ‘उठेर नाचिस्यो…’ गीत पनि चर्चित बनेको थियो।
छिट्टै प्रदर्शनका आउन लागेको ‘रंगी’ चलचित्रको ‘छ भने माया हाइ भन…’ गीतको सङ्गीत र शब्द पनि उनले रचना गरेका हुन्। उक्त गीतमा गायक आनन्द कार्की र गायिका सुरक्षा केसीले स्वर दिएका छन्। थापाले गायकभन्दा बढी स्टेज ‘परर्फमर’ का रूपमा आफूलाई चिनाउन चाहन्छन्।














नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ३९औं वार्षिक साधारण सभा सम्पन्न
इरानमा विरोध प्रदर्शन : मृतकको संख्या २५ सय नाघ्याे
Trump calls on Tehran to show protesters humanity amid reports of rising death toll in crackdown
Over 20 killed in train accident at China-backed project in Thailand
सेयर बजारमा झिनो अंकको सुधार
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
प्रतिक्रिया