मंगलबार, चैत ३, २०८२

गंगाजल छर्केर शहीदको शालिक शुद्धीकरण

मेरोन्यूज २०८१ माघ ६ गते १९:३७

सिरहा । मधेशी शहीदको शालिकलाई मधेशी दलका नेताहरुले अछुत बनाएको भन्दै युवा तथा नागरिक समाजका अगुवाले शुद्धीकरण गरेका छन्।

Advertisement
nepal life insurencenepal life insurence

माघ ५ गते मधेश बलिदानी दिवसको अवसरमा सिरहाको लहानमा रहेका मधेश आन्दोलनका शहीदहरुको शालिकलाई युवा तथा नागरिक समाजका अगुवाले गंगाजल छर्केर शुद्धीकरण गरेका छन्।

मधेश जनजागरण अभियानका (त्रिनेत्र)का संयोजक रंजित कुमार झाले मधेशी दलका नेताहरु मधेशी शहीदको अपमान गर्दै आएको गम्भीर आरोप लगाएका छन्। उनले मधेशी युवालाई हत्या गर्ने ठूला दलका नेताको पाउँपुजा गर्नेहरूले सहीदको शालिक छोएकोले अछुत भइसकेको भन्दै गंगाजल छर्केर शुद्धीकरण गरिएको दाबी गरे।

मधेशका मसीहा भनाउने उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र सीके राउतहरुले मधेश आन्दोलनका एजेण्डालाई छोडिसकेको उनीहरु सत्ता र भत्तामा मात्र समाइरहेको आरोप नागरिक समाजका अगुवाले लगाए। 

प्रतिक्रिया