माघ १८ मा संसद्काे हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस
मेरोन्यूज
२०८१ माघ ७ गते १६:४४

काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले माघ १८ गते संघीय संसद्को दुवै सदनको बैठक बोलाउन सिफारिस गरेको हो ।
संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित
प्रतिक्रिया