शुक्रबार, फागुन २, २०८१

रित्तो गाग्री बोकेर काठमाडौं आए धरानका मेयर हर्क साम्पाङ

मेरोन्यूज २०८१ माघ ७ गते १६:५९

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ रित्तो गाग्री बोकेर काठमाडौं आइपुगेका छन् ।

Advertisement
IMEnabil

सरकारले धरानको खानेपानी समस्यालाई बेवास्ता गरेको भन्दै मेयर सम्पाङ रित्तो गाग्री बोकेर यहाँ आएका हुन् ।

आज (सोमबार) काठमाडौं आएका उनी मंगलबार खाली गाग्री लिएरै प्रधानमन्त्रीसहितलाई भेट्न सिंहदरबार जाने भएका छन् ।

यसअघि आजै मेयर सम्पाङले धरानको भानुचोकमा रितो गाग्री बोकेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया