शुक्रबार, वैशाख २५, २०८३

सिमेन्ट उद्योगहरू संकटमा, २२ उद्योग पूर्ण रूपमा बन्द

मेरोन्यूज २०८१ माघ ११ गते २३:०९

काठमाडौं । नेपाल सिमेन्ट उत्पादक संघले नेपाली सिमेन्ट उद्योगहरु अत्यन्तै ठूलो घाटा व्यहोरिरहेको जनाएको छ।

Advertisement
NiccNicc

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उद्योगी युनियनले प्रतिकूल परिस्थितिका कारण लामो समयसम्म उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको बताए ।

नाफा नहुँदा पनि उद्योगलाई ऋणको ब्याज र किस्ता तिर्न सक्ने गरी न्यूनतम उत्पादन धान्नका लागि संघले केही महिनाभित्रै आफ्नो उत्पादनको बिक्री मूल्य सामान्य वृद्धि गर्न भनिएको छ ।

संघले अर्बौ लगानी गरि स्थापना भएका उद्योगहरुले मुनाफा गर्न नसकी ठूलो नोक्सानी भई नेपालमा संचालित कुल ६५ वटा सिमेन्ट उद्योगहरु रहेकोमा २२ वटा सिमेन्ट उत्पादन गर्ने ग्राण्डिङ यूनिटहरु यस अवधिसम्म पूर्णतः बन्द भइसकेको समेत जानकारी गराएको छ।

संघले भनेको छ , ‘नेपालमा विगत बर्षहरुदेखि नै निर्माण कार्यमा आएको शिथिलता, आर्थिक मन्दि, पूंजीगत बजेटको न्यून विनियोजन र सो विनियोजित रकम पनि खर्च हुन नसक्नु, उद्योगहरुको नियमित र स्थिर खर्चहरु सालवसाली अभिवृद्धि हुदै जानु, मागमा आएको कमीले गर्दा सरदर ३० प्रतिशतमा उद्योग संचालन गर्न बाध्य हुनु लगायतका कारणहरुले गर्दा ठूलो लगानी रहेका प्राय सबै नेपाली सिमेन्ट उद्योगहरु अत्यन्त ठूलो घाटा व्यहोरीरहेका छन्।’

थप नोक्सानी व्यहोरी उद्योग संचालन गर्दा अरु केही उद्योगहरु समेत आर्थिक संकटका कारण उद्योग बन्द उन्मुख रहेको कुरा समेत जानकारी गराएको छ।

साथै नेपाल सिमेन्ट उत्पादक संघले उद्योगहरुको विक्री मूल्यमा भौगोलिक र व्यापारिक अवस्था समेतलाई हेरी विचार गरी हाललाई औसतमा प्रति बोरा ८५। देखि बढिमा ११५। (अन्तः शुल्क र मु. अ. कर बाहेक) भन्दा थप नहुनेगरी विक्री मूल्य निर्धारण गरी उद्योग संचालन गर्नु गराउनु सम्बन्धित सबै उद्योग र उद्योगीहरुलाई अनुरोध गरेको छ।

प्रतिक्रिया