सुडानको डार्फरस्थित अस्पतालमा ड्रोन आक्रमण, ३० जनाको मृत्यु

डार्फर। सुडानको डार्फर क्षेत्रको अल–फशेरमा रहेको अन्तिम अस्पतालमा ड्रोन आक्रमण हुँदा ३० जनाको मृत्यु हुनुका साथै दर्जनौँ घाइते भएका छन् ।
शुक्रबार साँझ साउदी अस्पतालमा भएको बम विष्फोटले यस क्षेत्रका बिरामीको आकस्मिक उपचार गर्नका लागि उपलब्ध एक मात्र अस्पतालको भवन ‘ध्वस्त’ पारेको स्रोतले एएफपीलाई बताएको छ ।
सुडानमा युद्धरत कुन पक्षले आक्रमण गरेको हो भन्ने तत्काल स्पष्ट हुन सकेको छैन । अप्रिल २०२३ देखि सुडानी सेना अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)सँग युद्धमा छ । समूहले डार्फरको लगभग सम्पूर्ण विशाल पश्चिमी क्षेत्र कब्जा गरेको छ ।
उनीहरूले उत्तरी डार्फरराज्यको राजधानी अल–फाशेरलाई गत मे देखि नै घेरा हालेका छन्, तर सेनासमर्थित मिलिसियाले पटक–पटक प्रतिकार गरी उनीहरूलाई पछि धकेलेको थियो र उनीहरूले सहरमा आफ्नो दाबी गर्न सकेका छैनन् ।
मेडिकल स्रोतका अनुसार सोही भवनमा केही हप्ताअघि आरएसएफको ड्रोनले आक्रमण गरेको थियो । अल–फाशेरमा स्वास्थ्य सेवामा आक्रमण व्यापक रूपमा भइरहेको छ, जहाँ ‘डक्टर्स विदाउट बोर्डर्स’ले यसै महिना साउदी अस्पताल ‘शल्य चिकित्सा क्षमता भएको एक मात्र सार्वजनिक अस्पताल भएको’ बताएको थियो।
सरकारी तथ्यांकअनुसार लडाइँका कारण देशभरका ८० प्रतिशतसम्म स्वास्थ्य संस्था सेवाबाट वञ्चित भएका छन् । यस युद्धले अहिलेसम्म दशौँ हजारको ज्यान लिइसकेको छ, एक करोड २० लाखभन्दा बढीलाई विस्थापित गरेको छ र लाखौँलाई सामूहिक भोकमरीको सङ्घारमा पुर्याएको छ ।
संयुक्त राष्ट्रसङ्घ समर्थित एक आँकलन अनुसार अल–फशेर आसपासका क्षेत्रमा तीन विस्थापन शिविरहरू जमजम, अबु शौक र अल–सलाममा अनिकालले कब्जा जमाइसकेको छ र मे सम्ममा शहरसहित थप पाँच क्षेत्रमा विस्तार हुने अपेक्षा गरिएको छ ।
















भोजपुर वर्षाका कारण सडक अवरुद्ध, विद्युत् सेवा प्रभावित
नेपालले बङ्गलादेशलाई पराजित गर्दै एसियन ‘बीच गेम्स’ को सेमिफाइनलमा
वडाध्यक्षको एउटा जुक्तिले बदलियो गाउँको परिचय
लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया