बसुन्धरामा बसको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते
मेरोन्यूज
२०८१ माघ १२ गते २२:०५

काठमाडौं ।काठमाडौंको बसुन्धरामा बसले ठक्कर दिँदा स्कुटर चालक गम्भीर घाइते भएको छन् ।
शनिबार साँझ चक्रपथ सडक खण्डको बसुन्धरामा पाँचपोखरी सुनौलो यातायातको बा ३ ख ९४४१ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा बागमती प्रदेश ०२–०४१ प २६६० स्कुटर सवार चालक गम्भीर घाइते भएको हुन् ।
दुर्घटनापछि बसलाई सडकमै छोडी बस चालक र सहचालक फरार भएका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया