संघर्षका दिन सम्झिँदै शाहिद कपुरले भने- कपडा किन्न समेत पैसा थिएन

काठमाडौं। बलिउड अभिनेता शाहिद कपुरले फिल्म उद्योगमा प्रवेश गर्दाको संघर्षको बारेमा खुलासा गरेका छन् ।
हालै एक पोडकास्टमा अन्तरवार्ता दिने क्रममा अभिनेताले फिल्म क्षेत्रमा प्रवेश गर्न आफुले २५० अडिसन दिनुपरेको बताए ।
‘चलचित्र क्षेत्रमा प्रवेश गर्न मैले २५० बढी अडिसन दिएकाे छु । मलाई सधैं लाग्थ्यो कि परिस्थितिले मलाई कहिल्यै साथ दिएन। मेरा बुबा पंकज कपूर सन् १९८० देखि फिल्म उद्योगको हिस्सा हुनुहुन्छ। यति हुँदाहुँदै पनि म परिवारमा हुर्किन ।’ शाहिदले भने, ‘म तीन वर्षको हुँदा मेरो आमाबुवाको सम्बन्ध विच्छेद भयो। सानैदेखि म आमा नीलिमा अजिमसँग बस्दै आएको छु ।’
एक समयमा आफुसँग कपडा किन्न समेत पैसा नभएको शाहिद बताउँछन् । ‘आज मानिसहरू भन्छन् कि शाहिदको फेसन सेन्स धेरै राम्रो छ । कहिलेकाहीँ म यी कुराहरूमा हाँस्छु, किनकि मलाई याद छ एक समय थियो जब मसँग लोखंडवालाबाट लुगा किन्न पैसा पनि थिएन।’
शाहिद कपूरको पहिलो फिल्म इश्क विश्वास सन् २००३ मा रिलिज भएको थियो ।
अभिनेताले आफूलाई धेरै पटक तल्लो तहको महशुस गराइए पनि त्यसको विरुद्धमा कडा मेहनत गरेर उद्योगमा नाम कमाएको बताए ।
शाहिद अन्तिम पटक फिल्म ‘तेरी बातों मे ऐसा उल्झा जिया’मा देखिएका थिए। फिल्ममा शाहिदसँगै कृति सेनन पनि मुख्य भूमिकामा देखिएकी थिइन् ।
शाहिद आगामी फिल्म ‘देवा’मा देखिनेछन् । यो एक एक्शन थ्रिलर हो र अभिनेतासँगै पूजा हेगडे मुख्य भूमिकामा देखिनेछिन्। फिल्मको ट्रेलर १८ जनवरीमा रिलिज भएको छ । यो फिल्म सन् २०२५ को भ्यालेन्टाइन डे को अवसरमा हलमा रिलिज हुनेछ ।
















लागुऔषधसहित विभिन्न स्थानबाट एकचालिस जना पक्राउ
अन्तरराष्ट्रिय चेर्नोबिल विपद् स्मरण दिवसः चालीस वर्षपछि पनि असर कायम
दुई हजार चार सय बयानब्बे जना ट्राफिक कारबाहीमा
मनोहराको सुकुमवासी बस्ती भत्काइँदै
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
यी हुन् मन्त्रिपरिषद् बैठकका ३ निर्णय
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
प्रतिक्रिया