शुक्रबार, फागुन २, २०८१

रवि पक्षको बहस सकियो, आजै आदेश आउन सक्ने

मेरोन्यूज २०८१ माघ १३ गते १५:५६

बुटवल। पुर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने माथिकाे थुनछेक बहस सकिएकाे छ ।

Advertisement
IMEnabil

बिहीबार देखि रुपन्देही जिल्ला अदालतमा सुरू भएको लामिछानेको थुनछेक बहस आज सकिएकाे हाे । अब केहीबेरमा नै आदेश आउने बताइएको छ ।

आइतबार लामिछानेकाे तर्फवाट बरिष्ठ अधिवक्ता रमण श्रेष्ठ, पशुपति भण्डारी, नारायण कंडेललेलगायतले बहस गरेका छन् ।  सरकारी वकिलले जवाफी बहस सुरु गरेपछि आजै आदेश आउने सम्भावना बढेर गएकाे जनाइएकाे छ । 

सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने बुधवार पहिलाे पटक रूपेन्देही जिल्ला अदालतमा उपस्थित भएका थिए।

सो सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै रविसहित २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

प्रतिक्रिया