अछाममा २ किशोरीको हत्या आशंकामा २ जना पक्राउ, अनुसन्धान जारी

काठमाडौं । अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।
आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो।
अछामका प्रहरी नायब उपरीक्षक ईश्वरी भण्डारीले यो ‘रहस्यमय’ घटनाबारे आधिकारिक रूपमा बोल्न मानेका छैनन्। उनले अनुसन्धान भन्दै तीन दिन बितिसक्दासमेत घटनाबारे आधिकारिक रूपमा जानकारी दिएका छैनन्। जिल्ला प्रहरी कार्यालय अछामले घटनाको विवरण अहिलेसम्म बाहिर ल्याएको छैन।
ढकारी-१ को छिन्ने जंगलमा शनिबार साँझ ढकारी गाउँपालिका-८ पल्साताकी १५ वर्षीया सरस्वती खड्का र १४ वर्षीया इशरा खड्का मृत फेला परेका थिए।
टाउको र शरीरभरि चोट लागेको अवस्थामा दुबैको शव २० मिटर आसपास फेला परेको थियो। उनीहरू शुक्रबारै बाख्रा चराउन भनी जंगल गएका थिए।
पक्राउ परेका दुबैको १८ वर्षभन्दा मुनिका रहेकाले पहिचान खुलाइएको छैन। किशोरीसँगै उनीहरू गोठालो गएको प्रहरी स्रोतले बतायो।
डिएसपी भण्डारीले अहिलेसम्म घटनाको प्रकृतिबारे भन्न नसकिने बताए। ‘बलात्कार हो, हत्या हो केही भन्न सकिँदैन, पोस्टमार्टम रिपोर्ट आएपछि भन्न सकिन्छ,’ भण्डारीले भने, ‘पोस्टमार्टमका लागि शव नेपालगञ्ज पठाइएको छ।’
तीन दिनको अनुसन्धान कहाँ पुग्यो, घटनास्थलको प्रारम्भिक विवरण के हो भन्नेबारे समेत डिएसपी भण्डारी अनभिज्ञ देखिएका छन्।
जंगल गएका किशोरी एक दिनसम्म नआएपछि शंका लागेर स्थानीय खोजीमा निस्किँदा शव फेला पारेका थिए।
घटनास्थलमा प्रहरीले तालिम प्राप्त कुकुरको प्रयोग गरेको थियो। किशोरीका परिवारले घटना शंकास्पद रहेको भन्दै गहिरो अनुसन्धान गर्न माग गरेका छन्।
किशोरीको शव भेटिएको माथिपट्टी भीर छ। माथिपट्टी भीरबाट ढुंगा झरेको देखिएको छ।













झण्डै २४ घण्टापछि खुल्यो चन्द्रनिगाहपुर-निजगढ सडकखण्ड
दाङमा शीतलहर, विद्यालय ३ दिनलाई बन्द
उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै
आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया