एमाले संसदीय दलको बैठक बस्दै
मेरोन्यूज
२०८१ माघ १५ गते ९:२२

काठमाडौं ।नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संघीय संसद भवनको ल्होत्से हलमा बस्ने एमाले मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
बैठकमा यही माघ १८ गतेदेखि सुरु हुने सङ्घीय संसदको हिउँदे अधिवेशनको तयारी र अधिवेशनलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल हुने उनको भनाइ छ ।
बैठक संसदमा खेल्नुपर्ने भूमिकाका विषयमा रणनीति तय गर्नुका साथै अधिवेशनमा प्रस्तुत हुने नयाँ विधेयकबारे पनि छलफल हुनेछ ।
सम्बन्धित













निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
देशभर पश्चिमी वायुको प्रभाव , कस्तो रहला आजको मौसम ?
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
पल्टेको ग्यास बुलेट हटाउन नसक्दा १३ घण्टादेखि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध
एनएसजेएफ पल्सर स्पोट्र्स अवार्डको नयाँ मिति घोषणा, पावर्ड बाईमा यती एयरलाइन्स
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
कुलमानको उज्यालो नेपाल र प्रलोपाबीच एकता हुँदै
पुस १४ गते साेमवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया