शिलान्यासको १७ वर्षपछि सडक कालोपत्र

गोदावरी (कैलाली) । कैलालीको चौमाला–खैराला सडक शिलान्यास भएको १७ वर्षपछि कालोपत्रको काम सुरु भएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरका अनुसार निर्माण कम्पनीले सडकको नालीसहितका पूर्वाधारको काम सकेर नौ सय मिटरमा कालोपत्र गर्ने काम सुरु गरेको हो ।
सो सडकको नौ सय मिटर सडक कालोपत्र गर्नका लागि गत आर्थिक वर्ष २०८०/८१ को वैशाखमा रु एक करोड ९५ लाखमा ठेक्का सम्झौता भएको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर चित्र चौलागाईंका अनुसार उक्त सडकमा नालीसहितका पूर्वाधारको काम सकेर कालोपत्र गर्ने काम अघि बढेको छ ।
उनले फागुन मसान्तभित्र सडक कालोपत्र सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको छ । चौमाला बजार क्षेत्रदेखि उत्तरी भेगको नौ सय मिटर कालोपत्रको काम शिलान्यास भएको १७ वर्षपछि सुरु भएको बताए ।
चालु आर्थिक वर्षमा सडक डिभिजन कार्यालयले उक्त सडकको चुरे फेदीसम्म थप पाँच किलोमिटर कालोपत्र गर्नका लागि १० करोड बजेट सङ्घीय सरकारसँग माग गरेको छ । चुरे क्षेत्रको सडक कालोपत्र तथा स्तरवृद्धिका लागि थप बजेट माग गरेको इन्जिनियर चौलागाईंको भनाइ छ ।
सङ्घीय सरकारले सडक डिभिजन कार्यालयले गरेको मागअनुसार १० करोड बजेटको सुनिश्चितता प्रदान गरेमा थप पाँच किलोमिटर सडकको स्तरवृद्धि गरिने उनले जानकारी दिए । चौमाला बजारदेखि खैराला जोड्ने उक्त सडकको २०६४ चैत २८ गते शिलान्यास गरिएको थियो । चौमाला–खैराला सडकको शिलान्यास गरेको १७ वर्षपछि सडकको स्तरवृद्धि गरिन थालेपछि सडक निर्माणले पूर्णता पाउने आशा पलाएको चुरे गाउँपालिका–४ का स्थानीय प्रेम गुरुङको भनाइ छ ।
चौमाला–खैराला सडकको स्तरवृद्धि नहुँदा हरेक वर्षायाममा यातायात सञ्चालनमा समेत समस्या हुँदै आएको उनले बताए । चौमाला–खैराला सडकको चुरे क्षेत्रमा स्तरवृद्धि भएमा आवागमनमा सहजतासँगै त्यहाँ उत्पादित कृषिजन्य वस्तुले बजार पाउने उनको भनाइ छ । चौमालादेखि ऐतिहासिक गर्भा दरबारसम्मको सडकको लम्बाइ २४ किलोमिटर रहेको छ । कैलालीको चुरे–४ खैराला सुन्तला, बेसार, अदुवा, अमिलो, कागतीको पकेट क्षेत्रका रुपमा चिनिँदै आएको छ ।
















इरानमा ५७ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध
बुटवलमा गर्भवती मृत्यु प्रकरणः दुई क्लिनिक शिल, डा रुपाखेती निलम्वित
पाकिस्तानका प्रधानमन्त्री र इरानका विदेशमन्त्रीबीच भेटवार्ता
एनआईसी एशिया बैंकका ग्राहकलाई एभरेष्ट हस्पिटलमा १५ प्रतिशतसम्म छुट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
रवि लामिछाने विरुद्धको मुद्दाको सुनुवाइ स्थगित
१८ सयले घट्यो सुनकाे भाउ, आज ताेलाकाे कति ?
इयुद्वारा युक्रेनका लागि ९० अर्ब युरो ऋण स्वीकृत, राष्ट्रपति जेलेन्स्कीद्वारा स्वागत
इन्धनको मूल्य बढ्दा सडक निर्माणमा असर
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
प्रतिक्रिया