एचपीभी खोप लगाएपछिकाे खुसी (तस्बिरहरु)
मेरोन्यूज
२०८१ माघ २२ गते १५:१०

काठमाडौं । आजबाट देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित शिवपुरी उच्च मावि खोप केन्द्र खटिएका काठमाडौं महानगरपालिका-३ का स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेर अभियान सुरु गरेका हुन् ।
यो अभियान आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभर सञ्चालन हुनेछ ।
यस खोप अभियानमा देशभरका कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९०० किशोरीलाई खोप लगाइने छ ।




सम्बन्धित
प्रतिक्रिया