भरुवा बन्दुकसहित दुई भारतीय र एक नेपाली नागरिक पक्राउ
मेरोन्यूज
२०८१ माघ २२ गते २०:१२

धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ।
उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।
उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।
सम्बन्धित







HoR election: 81 days to go: EC gearing up for polls
Speaker Ghimire emphasizes need for people-centered parliamentary practices
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको मूल्य
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
डडेलधुराबाट देउवाको नाम एकल सिफारिस
लुम्बिनीविरुद्ध पहिले फिल्डिङ गर्दै विराटनगर
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
प्रतिक्रिया