युवालाई खेलकुदसँग जोडे कुलतबाट बचाउँन सकिन्छः गृहमन्त्री लेखक
मेरोन्यूज
२०८१ माघ २२ गते २०:४३

गृहमन्त्री रमेश लेखकले युवालाई खेलकुद र समाजसेवामा जोड्नुपर्ने बताएका छन् ।
पोखरा–१ स्थित बुद्ध टोल युवा क्लबद्वारा पोखराको टुँडिखेलमा आयोजित आठौँं वीरेन स्मृति तथा १८औँ विटी कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै उनले युवालाई खेलकुद र समाजसेवामा जोड्न सके उनीहरूलाई कुलतबाट बचाउन सकिने बताएका हुन् ।
मन्त्री लेखकले लागुऔषध सेवनका कारण अपराधका घटना बढ्नुको साथै सामाजिक सञ्जालमा समेत विकृति आउने गरेकाले त्यसतर्फ गृह मन्त्रालयको ध्यान गएको बताए ।
पर्यटकीय सहर पोखरामा हुने यस्ता खेलकुदका गतिविधिले यहाँको पर्यटन प्रव््द्धनमा सहयोग पुग्नुको साथै आर्थिक गतिविधिसमेत बढ्ने भन्दै लेखकले विविधताको धनी देशमा मिलेर बसेका समुदायको आर्थिक अवस्था सुधार गर्नका लागि सरकार लागिपरेको बताए ।
सम्बन्धित
















रक्षा क्षमता घटाउने बिषयमा अमेरिकासँग कुनै वार्ता हुँदैन : इरान
कांग्रेस सभापति थापाद्वारा पार्टी एकता र सङ्गठन सुदृढीकरणमा जोड
जापानमा सन् २०२५ मा बालबालिकाको आत्महत्या दर उच्च, कारण यस्ताे
आइसिसी एसिया क्षेत्रको सम्मेलन नेपालमा हुने
सुदूरपश्चिममा बालेनको मौन चुनावी अभियान
भदौ २३ को दिन मैले गोली चलाउने कुनै पनि आदेश दिएको छैन : केपी ओली
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया