मोहन वैद्यको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता माओवादीमा

काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ताहरू नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
उनीहरूलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच पार्टी प्रवेश गराएका हुन्।
यसरी प्रवेश गर्नेहरूमा क्रान्तिकारी कम्युनिस्ट पार्टीका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्वकाठमाडौं जिल्ला सेक्रेटरी खगेन्द्र छन्त्याल, प्रदेश सचिवालय सदस्यहरु प्रेम तामाङ, केशर प्रधान, उमेश लामा, मीनकुमार राना मगर, रविन्द्र मिश्र, प्रदेश सल्लाहकार कुमारी थापा, प्रदेश सदस्य नोदराज रुचाल, पूर्वजिल्ला सदस्यहरु दाबा शेर्पा, मेघनारायण श्रेष्ठ, मानबहादुर तामाङ, किरण लामा, जिल्ला सदस्य पदम तामाङ, विकास तामाङ, रेखा रम्तेल विकास के. सी.,इन्द्र राई, आशा रानालगायत रहेका छन्।
नवप्रवेशीहरुलाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले क्रान्तिकारीहरु ध्रुवीकरण हुँदै जानु सकारात्मक भएको बताए। उनले अहिले देशव्यापी रुपमा माओवादी प्रवेशको लहर चलेको उल्लेख गर्दै क्रान्तिकारी शक्तिहरुबीच ध्रुवीकरण हुँदै जाने बताए।
क्रान्तिका उपलब्धी संस्थागत गर्दै समाजवादी क्रान्तिमा अघि बढ्न सबै क्रान्तिकारी एक ठाउँमा आउनुपर्ने उनले स्पष्ट पारे।
माओवादी फुटाउने कुरा क्रान्ति नभएको अब अनुभवबाट पुष्टि भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादी केन्द्रलाई बलियो बनाएर मात्रै सपना पूरा गर्न सकिने बताए।
क्रान्तिकारी आन्दोलनमा जुन तहमा नेतृत्व गर्नुभएको थियो, त्यही अनुसारको जिम्मेवारी दिइने स्पष्ट गर्दै उनले पार्टी बनाउन आ-आफ्नो ठाउँबाट अभियानमा लाग्न निर्देशन दिए।
प्रवेश गर्नेहरूले विभाजनबाट पाठ सिकेर त्यताबाट क्रान्ति हुन्न भन्ने निस्कर्षसहित माओवादी केन्द्रमा समायोजन हुन आएको बताएका थिए।


















यूएईसँगको खेलमा नेपाल पराजित
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
विदेशी एयरलाइन्सको उडान पुनः सुरु गर्ने कतारको घोषणा
कार्की आयोगको प्रतिवेदन अपूरो : सभापति थापा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
इरानले फेरी बन्द गर्यो स्ट्रेट अफ होर्मुज
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
प्रतिक्रिया