काठमाडौंकोमा ग्याँस सिलिण्डर विष्फोट, १४ जना घाइते

काठमाडौं । काठमाडौंको कमलपोखरीमा विष्फोट भएको छ । आज बिहान ठूलो आवाजका साथ विष्फोट भएपछि सुरक्षाकर्मीका गाडी र एम्बुलेन्स दौडिएका देखिन्छन् । त्यहाँस्थित सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको र सोही पसलमा काम गर्नेहरू घाइते भएको प्रहरी जानकारी दिए ।यसको विस्तृत विवरण आउन बाँकी छ ।