बलिउड अभिनेता सोनु सुदविरूद्ध पक्राउ पुर्जी जारी

मुम्बइ । पञ्जाबको एक अदालतले बलिउड अभिनेता सोनू सूदविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
उनलाई १० लाख रुपैयाँ ठगीसम्बन्धी मुद्दामा बयान दिन बोलाइएको थियो तर, कयौं पटक बोलाए पनि अभिनेता साक्षी दिन आएनन् ।
त्यसपछि पञ्जाबको एक अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । अब यस मामिलामा अर्को सुनुवाई फेब्रुअरी १० मा हुनेछ।
पञ्जाबको लुधियानाका न्यायिक मजिस्ट्रेट रमनप्रीत कौरले बलिउड अभिनेता सोनू सूदविरुद्ध पक्राउ वारेन्ट जारी गरेका हुन् । लुधियानाका वकिल राजेश खन्नाले मोहित शुक्लाविरुद्ध १० लाख रुपैयाँको ठगीको मुद्दा दायर गरेका छन् ।
आफ्नो उजुरीमा वकिल राजेश खन्नाले आफूलाई नक्कली रिजिका सिक्कामा लगानी गर्न प्रलोभनमा पारेको आरोप लगाएका छन् । यसबाहेक उनले आफ्नो उजुरीमा अन्य धेरै गम्भीर आरोप लगाएका छन् ।
सो उजुरी अन्तर्गत सोनु सुदलाई बयानका लागि अदालतमा बोलाइएको थियो । तर, बारम्बार आदेश जारी हुँदा पनि सोनू सुद बयान दिन अदालतमा उपस्थित भएनन् । उनी अनुपस्थित भएका कारण अदालतले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
यो वारेन्ट ओशिवारा पुलिस स्टेशन, अंधेरी वेस्ट, मुम्बईमा पठाइएको छ, जसमा उनीहरूलाई अभिनेतालाई पक्राउ गरी अदालतमा पेश गर्न निर्देशन दिइएको छ।
आफ्नो उत्कृष्ट अभिनयको साथमा सोनू सूदले आफ्ना मानिसहरूलाई परोपकारी कार्यमार्फत धेरै मद्दत गरिरहेका छन्, विशेष गरी कोभिडको समयमा, जुन मानिसहरूले आज पनि बिर्सेका छैनन्। सोनू सुदले ‘सूद च्यारिटी फाउन्डेसन’ पनि चलाउँछन् ।












अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द
Nonagenarian man constructs water facility in Bhojpur school
51 days to go for HoR Polls: 85 candidates withdraw names from PR closed list
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया