सैफ आक्रमण प्रकरण- अभियुक्त शरीफुलको फिंगरप्रिन्ट मिल्यो

काठमाडौं। बलिउड अभिनेता सैफ अली खानमाथि आक्रमण गरेको आरोप लागेका शरीफुल इस्लामको फिंगरप्रिन्ट मिलेको छ ।
१५ जनवरीको राति अबेर अभिनेतामाथि आक्रमण भएको थियो। प्रहरीले शरीफुललाई पक्राउ गरेर औंठाछाप र अन्य नमूनाहरू संकलन गरेर अनुसन्धानको लागि प्रयोगशालामा पठाएको थियो ।
मुम्बई प्रहरीबाट प्राप्त जानकारी अनुसार, सैफ अली खानमाथि आक्रमण गर्ने आरोपी शरीफुलको फिंगरप्रिन्ट परीक्षणको लागि पठाइएका केही नमूनाहरूको रिपोर्ट आइपुगेको छ। यसमा केही औंठाछापहरू मिलेका छन्। यद्यपि, अन्तिम रिपोर्टको पर्खाइमा रहेको प्रहरीले जनाएको छ।
मुद्दाको बारेमा जानकारी दिँदै एक वरिष्ठ प्रहरी अधिकारीले भने, ‘अनुहार पहिचान रिपोर्ट बाहेक, हामीसँग सीसीटीभी फुटेज, मोबाइल फोन लोकेसन र इन्टरनेट प्रोटोकल विवरण रिपोर्ट जस्ता प्राविधिक प्रमाणहरू छन्, जसले शरीफुल वास्तविक अभियुक्त हो भनेर प्रमाणित गर्दछ।’
आरोपीले घटना हुनुभन्दा पहिले उक्त ठाउँको रेकी गरेको र पूर्ण तयारी गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएकाे छ । अभियुक्तका अरु केही सहयोगी हुन सक्ने शंकामा प्रहरीले अनुसन्धान गरिरहेकाे छ।
जनवरी १५ को राति २ बजे सैफ अली खानको घरमा आक्रमण भएको थियो। जसमा अभिनेताको हात, मेरुदण्ड र ढाडमा चक्कु प्रहार भएकाे थियाे।
मुम्बईको लीलावती अस्पतालमा उपचारपछि सैफकाे स्वास्थ्य अवस्था सामान्य भइरहेकाे छ ।
















दैनिक प्रयोगका लागि उपयुक्तः रेडमी बड्स एट एक्टिभ नेपालमा
१७ अंकले घट्यो नेप्से
विपद् आउनु अघि व्यवस्थापनको तयारीमा जुट्न निर्देशन
नेशनल लाईफ र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच मेडिकल सेवा सम्झौता
पोखरामा प्रहरीको ‘स्वीप अप्रेशन’, एकैरात १२२ जना पक्राउ
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
वर्षाले अवरुद्ध नेपाल र युएईबीचको खेल सुरु : युएईले पायो ७८ रनको लक्ष्य
यूएईसँगको खेलमा नेपाल पराजित
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
प्रतिक्रिया