नेसपा महाधिवेशन: पुराना दलहरूलाई छैन निम्ताे

काठमाडाैं । नेपाल समाजवादी पार्टीको प्रथम महाधिवेशन सुरू भएको छ।
आइतबार काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा भवनमा जारी महाधिवेशनमा पुराना दलका नेताहरू उपस्थित छैनन्।
जनमत पार्टीका अध्यक्ष सीके राउत, नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यबाहक सभापति डोल प्रसाद अर्याल, विवेकशील साझाकी नेतृ समीक्षा बाँस्कोटा लगायत पुगेका छन् । महाधिवेशनकाे उद्घाटन सत्रमा नयाँ र वैकल्पीक पार्टीहरुलाई मात्र बाेलाइएकाे बताइएकाे छ ।
नेसपाले नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी, लगायत पुराना दलका नेताहरूलाई निम्तो नै दिएको छैन।
महाअधिवेशनमा एक हजार पाँच सय प्रतिनिधिले भाग लिने छन् । महाधिवेशनमार्फत ११ जना पदाधिकारीसहित ९९ सदस्यीय केन्द्रीय समिति चयन गरिने बताइएको छ ।


















आइसिसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीः नेपालद्वारा इटाली पराजित
पाँच बुँदे माग राख्दै धर्मेन्द्रकुमार कर्णले गरे आमरण अनसनको घोषणा
भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु
अमेरिका–इरान वार्ताका लागि इस्लामावादमा सुरक्षा व्यवस्था कडा
कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक सोमबार
माता तीर्थ औंसीको शुभकामना दिँदै बालेनले भने- म नेपाल आमा हाँसेको हेर्न चाहन्छु
संसदीय दलको नेता छान्न कांग्रेसको निर्वाचन समितिले बोलायो बैठक
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
प्रतिक्रिया