मुठभेडमा ३१ माओवादी र २ भारतीय सैनिकको मृत्यु

मस्को । सुरक्षा बलले लामो समयदेखि चलिरहेको विद्रोहलाई दमन गर्ने प्रयास गरिरहेको बेला मध्य भारतको घना जङ्गलमा आइतबार भएको मुठभेडमा कम्तीमा ३१ जना माओवादी विद्रोही र दुई जना भारतीय कमान्डो मारिएका छन् ।
सीमान्तकृत आदिवासी जनताको अधिकारका लागि लड्दै आएका विद्रोहीहरूद्वारा चलाइएको दशकौँ लामो विद्रोहमा १० हजारभन्दा बढी मानिस मारिएका छन् ।
“३१ विद्रोही र दुई सुरक्षाकर्मी मारिएका छन् र अन्य दुई सुरक्षाकर्मी घाइते भएका छन्”, वरिष्ठ प्रहरी अधिकारी सुन्दरराज पी।ले भने ।
प्रहरीले क्षेत्रमा खोजी अभियान जारी राखेकोले मृत्यु सङ्ख्या अझै बढ्न सक्ने अधिकारीले बताए। “घटनास्थलमा अतिरिक्त बल पठाइएको छ”, उनले भने ।
प्रहरीको विज्ञप्तिअनुसार घटनास्थलबाट स्वचालित हतियार र ग्रेनेड लन्चर बरामद गरिएको छ । विद्रोहको मुटु मानिने छत्तीसगढ राज्यको बिजापुर जिल्लाको जङ्गली क्षेत्रमा मुठभेड भएको थियो ।
“नक्सलवादी (माओवादी) मुक्त भारत हासिल गर्ने दिशामा यो ठूलो सफलता हो”, भारतका गृहमन्त्री अमित शाहले भने । उनले गत वर्ष सरकारले सन् २०२६ सम्ममा विद्रोह दबाउने अपेक्षा गरिएको बताएका थिए ।
सरकारी तथ्याङ्कअनुसार सुरक्षा बलको कारबाहीमा गत वर्ष २८७ विद्रोही मारिएका छन् । तीसमध्ये अधिकांश छत्तीसगढमा मारिएका थिए ।
माओवादीहरूले स्थानीय बासिन्दाहरूका लागि जग्गा, रोजगारी र यस क्षेत्रको अपार प्राकृतिक स्रोतको हिस्सा माग गर्दै आएका छन् ।
उनीहरू भारतको पूर्व र दक्षिणका विभिन्न दुर्गम समुदायहरूमा प्रवेश गरे । सन् २००० दशकको सुरुसम्म आन्दोलनले शक्ति र सङ्ख्यामा वृद्धि गर्यो । त्यसपछि नयाँदिल्लीले ‘रेड करिडोर’ भनिने क्षेत्रमा हजारौँ सैनिक तैनाथ गर्यो ।
यस द्वन्द्वमा सरकारी बलहरूमाथि धेरै घातक आक्रमणहरू पनि भएका छन् । गत महिना सडक किनारमा भएको बम विस्फोटमा कम्तीमा नौ भारतीय सैनिक मारिएका थिए ।











कांग्रेस कार्यसम्पादन समितिकाे बैठक आज पनि बस्दै
66 days left for HoR election: EC determines spending limit for NA candidates
सप्तरीका दुई स्थानीय तहका विद्यालयमा बिदा
पूर्वगृहमन्त्री लेखकले आज जाँचबुझ आयोगमा बयान दिने
प्रतिनिधिसभा निर्वाचन : भोजपुरमा एक लाख २५ हजार सात सय ६६ मतदाता कायम
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
देश अब नयाँ शिराबाट अगाडि बढ्छः मन्त्री घिसिङ
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
समानुपातिक उम्मेदवार टुंगो लगाउन एमालेले बोलायो सचिवालय बैठक
प्रतिक्रिया