डलरको मूल्य फेरि बढ्योः आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, स्वस फ्र्याङ्कको मूल्य बढेको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपियाँ ६७ पैसा र बिक्रीदर एक सय ४० रुपियाँ २७ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिदर एक सय ४४ रुपियाँ ३३ पैसा र बिक्रीदर एक सय ४४ रुपियाँ ९५ पैसा तोकिएको छ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७३ रुपियाँ ४१ पैसा र बिक्रीदर एक सय ७४ रुपियाँ १५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५३ रुपियाँ ५४ पैसा र बिक्रीदर एक सय ५४ रुपियाँ २० पैसा कायम गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपियाँ ७४ पैसा र बिक्रीदर ८८ रुपियाँ १२ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपियाँ ४३ पैसा र बिक्रीदर ९७ रुपियाँ ८४ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपियाँ २३ पैसा र बिक्रीदर एक सय तीन रुपियाँ ६७ पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर नौ रुपियाँ १८ पैसा र बिक्रीदर नौ रुपियाँ २२ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ १२ पैसा र बिक्रीदर १९ रुपियाँ २० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २४ पैसा र बिक्रीदर ३७ रुपियाँ ४० पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३१ पैसा र बिक्रीदर ३८ रुपियाँ ४७ पैसा कायम भएको छ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ १२ पैसा र बिक्रीदर चार रुपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ तीन पैसा र बिक्रीदर ३८ रुपियाँ १९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपियाँ २५ पैसा र बिक्री दर ३१ रुपियाँ ३८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ६४ पैसा र बिक्रीदर नौ रुपियाँ ६८ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपियाँ ८१ पैसा र बिक्रीदर १२ रुपियाँ ८६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ३५ पैसा र बिक्री दर १९ रुपियाँ ४३ पैसा तोकिएको छ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ९३ पैसा र बिक्रीदर १८ रुपियाँ एक पैसा, कुवेती दिनार एकको खरिददर चार सय ५२ रुपियाँ ३३ पैसा र बिक्रीदर चार सय ५४ रुपियाँ २७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ७० रुपियाँ ५२ पैसा र बिक्रीदर तीन सय ७२ रुपियाँ ११ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६२ रुपियाँ ७७ पैसा र बिक्रीदर तीन सय ६४ रुपियाँ ३२ पैसा निर्धारण भएको छ।
यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर एक सय ६० रुपियाँ र बिक्रीदर एक सय ६० रुपियाँ १५ पैसा तोकिएको छ। राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।
















कल्भर्टमा ठोकिएर नालामा खस्यो मोटरसाइकल, चालक मृत अवस्थामा फेला
सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु
न्यायिक महोत्सव गर्दै उच्च अदालत जनकपुर
मक्का प्रस्थान गर्ने हज यात्रीको बिदाइ
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया