बाबुराम नेतृत्वको नेसपाको महाधिवेसन आज समापन हुँदै

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी नेसपा (नयाँ शक्ति) महाधिवेसन आज समापन हुँदैछ ।
काठमाडौँमा जारी प्रथम महाधिवेशनको बन्द सत्रबाट हिजो संयोजक डा।बाबुराम भट्टराईले पेस गरेको राजनीतिक दस्तावेज र सङ्गठनात्मक प्रतिवेदन पारित गरेको थियो ।
‘नयाँ युगको नयाँ कार्यभारः वैकल्पिक राजनीतिको औचित्य र आधार’ शीर्षकमा भट्टराईले पेस गरेको प्रतिवेदन पार्टीमा समृद्धिको अभियान चलाउन सुझावसहित सर्वसम्मत पारित गरेको सो पार्टीले जनाएको छ । सोमबार भट्टराईले पेस गरेको प्रस्तावमाथि १२ वटा समूहमा छलफल भएको थियो । समूहगत छलफलबाट आएका सुझावलाई समेटेर प्रतिवेदन पारित गरिएको हो ।
भट्टराईको राजनीतिक प्रतिवेदनसँगै समसामयिक राजनीतिक प्रस्ताव र विधान संशोधन प्रस्ताव पनि पारित भएपछि महाधिवेशनको निर्वाचन प्रक्रिया सुरू भएको छ ।
गत आइतवार देखी सुरू भएको महाधिवेसनले आज नयाँ नेतृत्वको औपचारिक घोषणा गर्दै महाधिवेसन समापन गर्नेछ ।


















राप्ती नदीमा भेटियो १७ घडियालको गुँड
चलचित्र पत्रकार संघको अध्यक्षमा पुनः बलामी
अमेरिकी सहायक विदेशमन्त्री कपुर नेपालमा
सामसङको ‘सपनादेखि सम्भावनासम्म’ योजना सार्वजनिक
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया