शनिबार, फागुन ३०, २०८२

तोलामा २ हजार ३ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

मेरोन्यूज २०८१ फागुन १ गते १०:५२

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु दुई हजार ३०० ले बढेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

बुधबार प्रतितोला सुन रु एक लाख ६७ हजार ५०० मा कारोबार भएकामा आज सोही परिमाणको सुनको मूल्य रु एक लाख ६९ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसैगरी, चाँदी प्रतितोला रु ३५ ले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य रु एक हजार नौ सय ६५ निर्धारण गरिएको छ ।

प्रतिक्रिया