भैँसीले हान्दा सिन्धुलीमा १ जनाको मृत्यु
मेरोन्यूज
२०८१ फागुन १ गते ११:१५

कमलामाई (सिन्धुली । सुनकोशी गाउँपालिका–३ नौविसेमा भैँसीले हान्दा एक जनाको मृत्यु भएको छ । घाँस हाल्न गएका ७५ वर्षीय गोपाल घर्तीको भैँसीले हान्दा आज बिहान मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख गोविन्दराज काफ्लेका अनुसार भैँँसीले हानेर घर्तीको घटनास्थलमा नै ज्यान गएको हो ।
सम्बन्धित
प्रतिक्रिया