माछा मार्न गएका युवक नदीमा बेपत्ता
मेरोन्यूज
२०८१ फागुन ३ गते १९:३६

मान्म (कालीकोट),कालीकोटमा माछा मार्ने क्रममा तिला नदीमा डुबेर एकजना युवक बेपत्ता भएका छन् । तिलागुफा नगरपालिका–४ राँचुली गाउँका २४ वर्षीया भोजनबहादुर शाही तिला नदीमा माछा मार्ने क्रममा डुबेर बेपत्ता भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार आज बिहान १० बजे माछा मार्नका लागि नजिकैको नदीमा गएका शाही नदीमा डुबेर बेपत्ता भएपछि खोजी थालिएको छ ।
बेपत्ता भएको खबर पाएपछि स्थानीयवासी र प्रहरी टोली घटनास्थलमा पुगेर खोजी गरिरहेको भन्दै हालसम्म उहाँको अवस्था अज्ञात रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोविन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
स्थानीय प्रशासन, प्रहरी, स्थानीय युवाहरूको सक्रियतामा बेपत्ता शाहीको खोजी भइरहेको तिला गुफा नगरपालिकाका उपप्रमुख महेन्द्रबहादुर शाहीले बताउनुभयो ।
सम्बन्धित

















नगदसहित सिरहा क्षेत्र नं. ३ का जसपा नेपालका उम्मेदवार अशेश्वर यादव पक्राउ
शंकास्पद वस्तुसहित पर्सा क्षेत्र नं. २ का नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ
इरानी आक्रमणमा मारिएका चार अमेरिकी सैनिकको पहिचान सार्वजनिक
साउदी अरेबियामा रहेको सीआईए स्टेशन इरानी ड्रोन आक्रमणमा
कतारमा संदिग्ध १० इरानी जासुस पक्राउ
इरानले आज फेरी गर्याे मध्यपूर्वका २७ अमेरिकी अड्डाहरूमा आक्रमण
अमेरिकी युद्धपाेत अब्राहम लिंकनमा क्षेप्यास्त्र प्रहार गरेको इरानी दाबी
खामेनीको मृत्युले विश्व तरंगित
इरानकाे आक्रमणमा तीन अमेरिकी सैनिक मारिए
मतदातालाई ओलीको भिडिओ सन्देश- तपाईंले एउटा बाटो रोज्नुपर्ने बेला आएको छ
प्रतिक्रिया