ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल
मेरोन्यूज
२०८१ फागुन ४ गते २१:४१

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्सले प्राथमिक सेयर निष्कासन ९आईपीओ० जारी गर्ने भएको छ । इन्स्योरेन्सले हाल कायम पुँजीको ३० प्रतिशत सेयर जारी गर्ने भएको हो ।
कम्पनीले २२ करोड ५० लाख रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका कूल २२ लाख ५० हजार कित्ता सेयर बिक्री गर्नेछ ।
आईपीओ निष्काशन प्रक्रिया अघि बढाउन बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौता पत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ९सीईओ० उज्वल ढुङ्गाना र बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरे ।
विसं २०८० साल चैतदेखि ट्रष्ट माइक्रो इन्स्योरेन्सले लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
सम्बन्धित
















सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते
नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी
‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै, स्थानीयलाई नआत्तिन आग्रह
बाढीका कारण सिद्विचरण राजमार्ग पूर्ण रुपमा अवरुद्ध
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो
अमेरिकामा विद्युतीय सवारीमा प्राविधिक समस्या, २ लाख बढी सवारी फिर्ता सुरु
धादिङ केन्द्रबिन्दु भएर भूकम्प
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा कालिकोटमा राहत वितरण
प्रतिक्रिया