बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाको मृत्यु

काठमाडौं । बोलिभियामा बस दुर्घटना हुँदा ३० जनाभन्दा बढी व्यक्तिको मृत्यु भएको छ। दक्षिणपश्चिमी जिल्ला योकाल्लामा लगभग ८०० मिटर (२६२५ फिट) तल बस खसेको प्रहरीले जनाएको छ ।
चालकले गाडीको नियन्त्रण गुमाएको हुन सक्ने सम्भावना रहेको बताइएको छ । सडक दुर्घटनामा चार बालबालिकासहित चौधजना घाइते भएको बताएका छन्।
प्रहरी कर्णेल भिक्टर बेनाभिड्सले समाचारमाध्यमलाई दुर्घटना तीव्र गतिका कारण भएको हुन सक्छ, चालकले बस नियन्त्रण गर्न असमर्थ भएको बताए। दक्षिण अमेरिकी देशमा यो दुर्घटनालाई यस वर्ष अहिलेसम्म रिपोर्ट गरिएको सबैभन्दा गम्भीर सडक दुर्घटना मानिएको छ । घाइतेहरूमध्ये धेरैको अवस्था गम्भीर छ।
गत महिना पोटोसी नजिकै बस सडकबाट खस्दा १९ जनाको मृत्यु भएको थियो। सरकारी तथ्यांकअनुसार लगभग एक करोड २० लाख बासिन्दा भएको देशमा सडक दुर्घटनाले प्रत्येक वर्ष औसत १,४०० जनाको ज्यान जाने गरेको छ ।











पुस १३ गते आइतबारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
निर्वाचन आयोगद्वारा अन्तिम मतदाता नामावली सूची प्रकाशित
फेरि संवादमा जुटे बालेन र कुलमान
कांग्रेस निर्णय- समानुपातिक उम्मेदवार चयन मापदण्ड तयार, अनुशासनको कारबाहीमा परेकालाई माफी
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
प्रतिक्रिया